१३ चैत्र २०७३, आईतवार

मकवनपुर । उपप्रधान तथा स्थानीय विकास मन्त्री कमल थापाले सबैलाई निर्वाचनमा सहभागी हुन आग्रह गरेका छन् । उनले झण्डै दुई दशकपछि हुन लागेको स्थानीय निर्वाचनमा उत्साहजनक रुपमा सहभागी हुनुपर्ने बताए ।

मकवानपुर उद्योग बाणिज्य संघले आइतबार गरेको कार्यक्रमा राष्ट्र हितलाई ध्यानमा राख्दै मधेसकेन्द्रित दलहरुको भावनालाई पनि सम्बोधन गरेर सरकारले निर्वाचन गराउने प्रतिवद्धता व्यक्त गरेका हुन् । उनले संविधान जारी गर्ने वेलादेखि नै असन्तुष्ट मधेसी दलहरुको मागलाई बेवास्ता गरे अतिवादी सोच भएकाहरुले फाईदा लिन सक्ने तर्फ सरकार चनाखो रहेको समेत बताए ।
कार्यक्रममा मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपानेले हेटौंडा बजारमा सडक विस्तारका विषयमा आवश्यक ध्यान दिन सरकारलाई आग्रह गरे । कार्यक्रममा मन्त्री थापालाई उद्योग बाणिज्य संघले सम्मान पनि गरेको थियो ।

LIVE TV