१३ चैत्र २०७३, आईतवार

काठमाडौं । स्थानीय तहको निर्वाचन सुरक्षाको लागि सरकारले वैधरुपमा राखिएका हातहतियार फिर्ता मागिरहेको अवस्थामा राजधानीमै बेवारिसे अवस्थामा गोली भेटिएकोे छ । अमृत साइन्स क्याम्पसबाट सञ्चय कोष छिर्ने ठमेलको गल्लीमा फोहोरको थुप्रोमा वेवारिसे अवस्थामा १९ राउण्ड गोली फेला परेको हो ।

गल्ली नजिकै रहेको फोहरको थुप्रोमा सडक बालबालिकाले खेलाइरहेको अवस्थामा भेटिएका यी गोलीहरु दरबारमार्ग प्रहरी टोलीले बरामद गरेको हो ।
प्लाष्टिकको पोकाभित्र ६.५ एमएमको १९ राउन्ड गोली बालबालिकाले खेलाउँदै गरेको देखेपछि फोहर उठाउने सवारी चालकले प्रहरीलाई खबर गरेका थिए । प्याकेटमा भेटिएको १९ राउण्ड गोली ६.५ क्यालिभरको भए पनि कुन हतियारमा लाग्ने खालको भन्ने बारे परीक्षण भईरहेको र गोली कसरी फोहरको थुप्रोमा फ्याँकियो भन्नेबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

LIVE TV