१३ चैत्र २०७३, आईतवार

हुम्ला । जिल्लाको दक्षिणी भेगमा रहेको तागाकोट गाउँपालिका मदनाको गल्वाडामा शनिबार आगलागी हुँदा चार घर जलेर नष्ट भएका छन् ।

स्थानीय रामप्रसाद जैंसी, मोहनप्रसाद जैंसी, रामदल जैंसीको घर जलेर नष्ट भएको छ । खाना पकाउने क्रममा आगलागी भएको हो ।
प्रहरी चौकी कवाडीको टोली आइतबार बिहान घटनास्थल पुगेको प्रहरी नायब उपरीक्षक कमलप्रसाद नेपालले जानकारी दिए ।

LIVE TV