१३ चैत्र २०७३, आईतवार

बागलुङ । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व स्थानीय विकास मन्त्री देब गुरुङले संविधान संशोधनलाई छोडेर निर्वाचनमा जान नमिल्ने जिकिर गरेका छन् ।

प्रेस सेन्टर बागलुङले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा नेता गुरुङलेसंविधान संशोधन र निर्वाचनलाई संगसंगै लैजानु पर्ने बताउदै एमालेलाई प्रकृयामा सहयोग गर्न आग्रह गरे । उनले मधेस केन्द्रित दलहरुको सीमांकनलाई चाँडो टुङ्गाएर निर्वाचनमा जानुपर्ने धारणा भएकाले छिटो भन्दा छिटो सहमतिको केन्द्र विन्दु निकालेर देशलाई निकास दिनु पर्ने बताए ।
नेता गुरुङले नेकपा एमाले र मदेस केन्द्रित दलहरुबीचको मतभेद हटाएर अगाडि बढ्नुको विकल्प नरहेको समेत प्रष्ट पारे ।

LIVE TV