१३ चैत्र २०७३, आईतवार

एजेन्सी । ‘द कपिल शर्मा शो’ बाट केहि दिन अघि मात्र अलग्गिएका सुनिल ग्रोवरले नयाँ कार्यक्रमको घोषणा गरेका छन् । सुनिल ग्रोवरले आफ्नो नयाँ कार्यक्रमको पोस्टर सोसल मिडियामा सार्वजनिक गरेका छन् ।


सार्वजनिक भएको सो पोष्टरानुसार उनीहरुको नयाँ कार्यक्रमको नाम ‘डा. मशहुर गुलाटी कमेडी क्लिनिक’ रहेको छ । सुनिलको सो कार्यक्रममा कपिल शर्माका समर्थक किकू शारदा पनि उनकै साथमा देखिएका छन् । सुनिलले आफ्नो नयाँ कार्यक्रममा किकू शारदाका साथै अन्य कलाकारको पनि भूमिका हुने जानकारी दिएका छन् ।
उनले आउँदो अप्रिल १ तारिखमा दिल्लीको तालकटोरा स्टेडियममा सो कार्यक्रमको सुटिङ हुने घोषणा गरिसकेका छन् । नयाँ कार्यक्रम भएपनि उनीहरुले आफ्नो भूमिका भने परिवर्तन गरेका छैनन् । सुनिल डा.मशहुर गुलाटीको भूमिकामा र किकू बम्पर नर्सको भूमिकामा देखिएका छन् ।

LIVE TV