१३ चैत्र २०७३, आईतवार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल र चीनबीचको पारस्परिक सम्बन्ध बलियो बनेको बताएका छन् । उनले आफनो चीन भ्रमणले दुई देश बीचको सम्बन्ध बलियो हुनुका साथै सम्बन्धले नयाँ आयाम लिएको विश्वास व्यक्त गरे ।

बोआओ फोरममा भाग लिन बिहीबार देखि चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री दाहालले आइतबार बेइजिङ फरेन स्टडिज युनिभर्सिटीले आयोजना गर्ने ‘नेपाल–चीन सम्बन्ध समृद्धिका अवसर विषयको छलफल कार्यक्रममा नेपाल एक चीन नीति प्रति सकरात्मक रहेको र नेपाललाई चिनियाँ नीतिले विकास र समृद्धिको क्षेत्रमा टेवा पुग्ने बताए ।
कार्यक्रममा उहाँले पूर्ववर्ती सरकारले चीनिया सरकारसँग गरेको विभिन्न सम्झौताहरुलाई केहि दिनभित्र अघि बढाइने समेत विश्वास व्यक्त गरे । नेपाल चीन सम्बन्धका विषयमा सम्बोधन गर्दै उहाँले वान बेल्ट वान रोड अवधारणामा रहेर विभिन्न सम्झौता केहि समयमा गर्ने समेत बताए ।
उनले हस्ताक्षर गरेलगत्तै नेपालको समृिद्ध र विकासको लागि चिनिया नीतिलाई यथाशीघ्र कार्यान्वयन गर्न निर्देशन दिने समेत सम्बोधनमा प्रष्ट गरे। साथै प्रधानमन्त्री दाहालले आज चीनिया व्यापारीहरुसँग पनि छलफल गर्ने कार्यक्रम रहेको छ ।

LIVE TV