१३ चैत्र २०७३, आईतवार

कैलाली । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.बाबुराम भट्टराईले कञ्चनपुर घटनामा भारतले माफी माग्नुपर्ने बताउका छन् ।

भारतीय प्रहरीको गोलीबाट नेपाली युवा गोविन्द गौतमको मृत्यु हुँदा समेत सरकार लाचार ढंगमा प्रस्तुत भएको टिप्पणी गर्दै संयोजक भट्टराइले भारतलाई माफी मगाएरै छाड्नुपर्ने अडान कसे ।
आइतबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा संयोजक भट्टराईले राजनीतिक स्थिरताका लागि ल्याइएको थ्रेस होल्डको व्यवस्था जायज भएको तर्क गरे । साना राजनीतिक दलहरुले थ्रेस होल्डको विरोध गरिरहेका बेला नयाँ शक्तिका संयोजक भट्टराईले भने थ्रेस होल्डको पक्षमा आफ्नो अभिमत राखेका छन् ।
संयोजक भट्टराईले असन्तुष्ट मधेसी मोर्चालाई पनि सहमतिमा ल्याएर तोकिएकै मितिमा निर्वाचन हुनुपर्ने बताए । उनले निर्वाचनका लागि नयाँ शक्ति नेपाल तयार रहेको पनि बताए ।

LIVE TV