१२ चैत्र २०७३, शनिबार

काठमाडौं । भाष्कुलर सोसाइटी नेपालले रक्तनली र अंग प्रत्यारोपणका विषयमा भास्कुलर चिकित्सकहरुलाई तालिम दिएको छ । रक्तनली र अंग प्रत्यारोपण गरिने विषयका बारेमा शनिवार तालिम दिइएको हो ।

फागुन ८ गते बाट विधिवत रुपमा सुरु भएको भाष्कुलर सोसाइटी नेपालले रक्तनली रोगको विषयमा उपचार गर्दै आएको छ । शनिवार पनि काठमाडौँमा अंग प्रत्यारोपण र रक्तनलीको विषयमा चिकित्सकहरुलाई थप जानकारी दिनको लागि भाष्कुलर सोसाइटीले तालिमको आयोजना गरेको छ । उक्त तालिममा दुर्घटनामा परेर नशा च्यापिने, नशा चुँडिने जस्ता समस्या भएमा ६ घण्टा भित्रमा पनि नशा जोड्न सकिने लगायतका विषयमा चिकित्सकहरुलाई जानकारी दिइएको भाष्कुलर सोसाइटी नेपालका अध्यक्ष उत्तमकृष्ण श्रेष्ठल बताए ।
अध्यक्ष श्रेष्ठले तालिमले नशा सम्बन्धी चिकित्सक, रक्त नलीको विषयमा दख्ख्ल राख्ने चिकित्सकहरुको संख्यामा पनि वृद्धि गर्नसक्ने बताए । त्यसैगरि भाष्कुलर सोसाइटी नेपालले रक्तनलीको रोगको सम्बन्धमा जनतालई जानकारी दिनको लागि केहि दिनमा जनचेतना फैलाउने कार्यक्रम गर्ने समेत जनाएको छ ।

LIVE TV