१२ चैत्र २०७३, शनिबार

कञ्चनपुर । नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाको तत्वावधानमा स्वर्गीय पत्रकार कर्ण बोहराद्धारा लिखित तथा गायक शिशिर योगीद्धारा स्वरबद्ध ‘ममता’ नामक गीति एल्बमको बिमोचन गरिएको छ ।

शिशिर योगीे र पत्रकार श्रीराम सिग्देलको सहयोगमा निर्माण गरिएको श्रब्यदृष्य सहितको सिडी एल्बमको बिमोचन बरिष्ठ पत्रकार नारायण वाग्लेले गरेका हुन् । स्वर्गीय कर्ण बोहराद्धारा लेखिएको उक्त एल्बममा गायक योगीको स्वर रहेको छ ।
‘ममता’ एल्बमको विमोचन गर्दै पत्रकार वाग्लेले पत्रकारहरुको छाता संगठनले गरेको यो ममता बचाउ अभियानले पत्रकारहरुमा थप उर्जा प्रदान गरेको र यस्ता कार्यलाई निरन्तरता दिन आवश्यक रहेको बताए ।
सोही कार्यक्रममा नेपाल पत्रकार महासंघका कोषाध्यक्ष सुर्यमणि गौतमले स्वर्गीय पत्रकार बोहराकी श्रीमतीको उपचारका लागिसंकलन गरिएको रकम ममता बोहरालाई हस्तान्तरण गरे ।
संकलित सहयोग रकम १५ लाख ३५ हजार ५ सय ९ रुपैयाको चेक र सुदुरपश्चिम शाखाबाट संकलित १ लाख ६५ हजारको चेक हस्तान्तरण गरेको हो । पत्रकार महासंघको केन्द्रीय कार्यालयबाट हाल सम्म जम्मा १९ लाख २३ हजार ७ सय ३८ रुपैया रहेको गौतमले बताए ।

LIVE TV