१२ चैत्र २०७३, शनिबार
  • छविलाल वगाले,

लमजुङ । चैत महिना चैते धान रोप्ने समय । किसानहरु यतिबेला मानो खाएर मुरी उब्जाउने तयारीमा लागेका छन् । लमजुङमा पनि यस वर्षको चैते धान रोपाई सुरु भएको छ । नहर तथा कुलोको सुविधा पुगेका आफ्ना खेतहरुमा चैते धान रोप्न किसान ब्यस्त देखिन्छन् ।


पहाडी जिल्ला लमजुङमा चैते धान रोपाइँ गर्न अहिले किसाहरुलाई चटारो छाएको छ । असार र साउनको महिनामा किसानहरुले खेत रोपे जस्त गरी नहर तथा कुलोको सुविधा भएका आफ्ना खेतहरुमा चैते धान रोपाइँ गरिरहेका छन् ।
जिल्लाको कूल ४५ हजार ५० हेक्टर क्षेत्रफल जमिन खेतियोग्य भएपनि १६ हजार ३ सय हेक्टरमा मात्र बर्खे धान लगाइन्छ । सिंचाइको ब्यवस्था गर्न सके थप १६ हजार ७ सय हेक्टरमा धान खेती गर्न सकिने जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । यस्तै बाह्रै महिना सिंचाईको ब्यबस्था भएका गाविसहरुमा पनि पर्याप्त मात्रामा धान खेती हुन सकेको छैन् ।
केही अपवादलाई हेर्ने हो भने पूर्वी लमजुङका भलायखर्क, चक्रतीर्थ र धमिलीकुवा क्षेत्र अन्तर्गतका खेतमा सिंञ्चाइ गर्न ल्याइएको राइनस सिञ्चाइ आयोजनाबाट त्यहाँका किसानले पर्याप्त मात्रामा फाइदा लिन सकेका छैनन् । तीन चार दशक पहिले नहर निर्माण भएपनि त्यहाँका किसानहरुले अझैपनि धान तथा तरकारी खेतीमा ब्यबसायिकता अपनाउन सकेका छैनन् ।
३५ करोड रुपैयाँको लागतमा २०३५ सालमा राइनास सि.चाइ आयोजना निर्माण भएपनि नहरको पानीको समुचित प्रयोग भने भएको छैन ।
अधिकांश युवाहरु उच्च शिक्षा तथा रोजगारका क्रममा गाउँबाहिर रहेका हुनाले पनि जनशक्ति अभावका कारण कृषिको ब्यवसायिक विकास हुन नसकेको स्थानीयबासीहरु भनाई छ । जिल्लाका अधिकांश धान उत्पादन हुने क्षेत्रमा सिँचाइ सुविधा नभएकाले थोरै स्थानमा मात्र चैते धान रोपिने गरेको जिल्ला कृषि विकास कार्यालय लमजुङले जनाएको छ ।

 

LIVE TV