१२ चैत्र २०७३, शनिबार

इलाम । इलामको दक्षिणी क्षेत्र माइनगरपालिका–३ (साविक दानाबारी–५) सोराली खोल्सामा बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । ज्यान गुमाउनेमा माई नगरपालिका–१० (साविक चिसापानी–५) की १३ वर्षीया रुस्मा मगर रहेकी छन ।

झापाको विर्तामोडबाट चिसापानी आउदै गरेको मे १ ख ७१७ नम्बरको बस स्टेरिङ लक भएपछि अनियन्त्रित भइ पल्टिएको थियो । बसका चालक गोलधापका ३५ वर्षीय रमेश राई, माइ नगरपालिका–३ की ६० वर्षिया सिता बराइली र माइ नगरपालिका–९ की १५ वर्षीया विमला लावती घाइते भएका छन ।
घाइतेहरुलाई उपचारको लागि झापा तर्फ लगिएको ट्राफिक प्रहरी धर्मदेव मण्डलले जानकारी दिए । सवारी धनी रमेश गुरुङको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

LIVE TV