१२ चैत्र २०७३, शनिबार

काठमाडौं । भारतका गुगल ब्वाइ भनेर चिनिएका कौटिल्य पण्डितले नेपालमा धार्मिक पर्यटन क्षेत्रको पर्याप्त सम्भावना रहेकाले त्यस क्षेत्रको विकासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेपालको धार्मिक पर्यटन अभिवृद्धि गर्ने उद्देश्यले बिहीबार काठमाडौँ आएका पण्डितले प्राचीन सम्पदाको संरक्षण तथा प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए ।

विश्व परिवेशमा विकास भएका प्रविधि, आणविक हतियार तथा आतङ्कवादले अहिले अन्तर्राष्ट्रिय क्षेत्रलाई चुनौती थपेको बताउँदै शान्ति कायम गर्न नैतिक शिक्षाको खाँचो रहेको औँल्याउए ।

आइल्यान्ड इन्र्टटेनमेन्ट प्रालिले पण्डितको नेपाल भ्रमणलाई संयोजन गरेको छ । यसअघि उहाँ पशुपतिनाथको मन्दिरमा दर्शन तथा पूजा गरेका कार्यक्रमका संयोजक सुदर्शन शर्माले जानकारी दिए । हरियाणामा जन्मनुभएका नौ वर्षीय पण्डितले अङ्ग्रेजी भाषामा अन्तक्र्रिया गरेका थिए ।

LIVE TV