१२ चैत्र २०७३, शनिबार
  • सन्तोष काफ्ले,

सुनसरी । धरानमा विमानस्थल बन्ने हो होइन भन्ने विषयमा अन्यौल छाएको बेला विमानस्थल निर्माणका लागि दोस्रो चरणको सर्भे प्रक्रिया शुरु भएसंगै धराने जनता अब धरानमा एयरपोर्ट बन्नेमा विश्वस्त देखिएका छन् । विगत १३ वर्ष देखि अन्यौलमा रहेको धरानको विमानस्थल निर्माणका विषयमा दोस्रो चरणको सर्भे प्रक्रियासंगै सर्वसाधारणमा झिनो आशा पलाएको छ ।


धरानमा विमानस्थल निमार्णको लागि मन्त्रिपरिषद्को गत असोज ३ गते बसेको बैठकले तत्काल वातावरणीय प्रभाव मूल्याङ्कन र बिस्तृत अध्ययनका लागि २ करोड रुपैयाँ रकम विनियोजन गरे पछि नागरिक उड्डयन प्राधिकरणले सर्भे टोली खटाएको छ ।
यस अघि ट्वीनेटर विमानका लागि सर्भे भएको थियो । तर धरानेहरुको चाहना अनुसार ४५ सिटे प्लेनका लागि विमानस्थल निर्माण गर्न दोस्रो पटक सर्भे कार्यको थालनी भएको हो । प्राधिकरणले टेण्डर आव्हान गरि रियल पाथ ईन्जिनियरिङ कन्सल्टेन्सी काठमाण्डौलाई सर्भे गर्ने ठेक्का दिएको थियो ।
कन्सल्टेन्सीले ड्रोन विधिबाट सर्भे शुरु गरेको परियोजनाका व्यवस्थापक एवम् धरान उप महा नगर पालिकाका सूचना अधिकृत भक्तिराज शर्माले जानकारी दिए ।
सर्भेका लागि ५ जनाको टोली धरानका आएको छ भने उनीहरुले १ महिना भित्रमा प्राधिकरणलाई सर्भे प्रतिवेदन बुझाउने एयकन्सल्टेन्सीका जिओ मेट्रिक ईन्जिनियर अच्युतकृष्ण पाण्डेले बताउनुभयो । टोलीले दुई दिन विमानस्थल निर्माण स्थलमा सर्भे गने र एयरपोर्टको सम्भाव्यता अध्ययन गरि सम्बन्धित निकायमा प्रतिवेदन पेश गर्ने बताए ।
धरानमा विमानस्थल बनाउने भनेर ०६० सालमा धरान १७, डाँडाघोपामा यति इन्कर्पोरेट प्रालिले स्थानीयसग ७ बिघा ३ कट्ठा साढे ५ धुर जग्गा खरीद गरेको थियो तर यती ईन्कर्पोरेटलाई सरकारले अनुमति नदिए पछि विमानस्थल निर्माण कार्य अन्यौलमा रहेको थियो । स्थानीयको विमानस्थल बनाउने माग बढ्न थाले पनि सरकारले पहिलो पटक बजेट विनियोजन गरि प्रक्रिया शुरु गरेको छ ।

LIVE TV