१२ चैत्र २०७३, शनिबार

भक्तपुर । अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको ६ लेन सडक खण्डमा सवारी दुर्घटना बढेपछि जनस्तरबाटै सामुहिक जनचेतना अभियान संचालन गरिएको छ । सडक दुर्घटना न्यूनीकरणका लागि सडकको सबै प्रयोगकर्ता सचेत हुनु पर्ने जोड दिइएको छ ।

सामुहिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड भक्तपुरले शनिबार सुर्यबिनायकमा आयोजना गरेको कार्यक्रममा ट्राफिक प्रहरीसँग मिलेर सवारी चालक, यात्रु र सडक प्रयोगकर्ता पैदल यात्रुलाई ट्राफिक सम्बन्धि जनचेतना अभियान संचालन गरेको हो ।
अभियान अन्तर्गत ट्राफिक सम्बन्धि जनचेतना जगाउन तथा ट्राफिक नियमको पालना गर्न सचेत गराईएको कार्यक्रम संयोजक सञ्जय जोन्छेले बताए ।
कार्यक्रममा महानगरीय ट्राफिक प्रहरी परिसर भक्तपुरका प्रमुख गोपाल पोखरेलले सबै मिलेर सवारी चालक तथा बाटो प्रयोगकर्ता सर्वसाधारणलाई सचेत गराउन सके दुर्घटना न्यूनीकरण अभियानमा टेवा पुग्ने बताए । उनले बढ्दो सवारी दुर्घटनाप्रति सहकारी संस्था र नागरिक समाजले चिन्ता ब्यक्त गर्दै सामुहिक जनचेतना अभियानमा लाग्नु पर्नेमा जोड दिए ।
पछिल्लो समया भक्तपुरमा सवारी दुर्घटना बढेसंगै विभिन्न निकायहरुले ट्राफिक अभियान संचालन गरिरहेका छन् ।

LIVE TV