१२ चैत्र २०७३, शनिबार

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अब बन्ने सरकारबाट मुलुकको समृद्धिको विकास गर्ने दावी गरेका छन् । उनले इच्छा शक्ति र राजनीतिक स्थिरता भएपछि मुलुकले काँचुली फेर्ने बताए ।


काठमाडौँमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष ओलीले अब बन्ने सरकारले १० वर्षभित्र नेपाल बनाउने गरी काम गर्ने दाबी गरे । उनले अब बन्ने सरकार एमाले नेतृत्वमा हुने दाबी गर्दै आफु प्रधानमन्त्री नबनेपनि अबको सरकारले जनताको विश्वास जितेर काम गर्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा अध्यक्ष ओलीले चिकित्सा क्षेत्र लगायत धेरै क्षेत्रहरुमा राजनीतिकरणले विगारेको स्वीकार गर्दै हडताल, अनशन बस्नु भन्दा पनि संवैधानिक र कानुनी उपचार खोजेर समस्या समाधान गर्नुपर्ने धारणा व्यक्त गरे ।

LIVE TV