१२ चैत्र २०७३, शनिबार
  • बसन्त खतिवडा,

बारा । सरकारले बैशाख ३१ गतेलाई स्थानीय तहको निर्वाचनको मिति तय गरेको छ । तर मधेसी मोर्चासँग सहमति नहुँदा धेरैले चुनाव हुने नहुनेमा आशंका व्यक्त गरिरहेका बेला तराईकै जिल्ला बारा जिल्लामा भने चुनावी चहलपहल ह्वात्तै बढेको छ ।


स्थानीय निर्वाचनको मिति घोषणासँगै बाराका राजनीतिक दलका प्रतिनिधिहरु गाउँ गाउँमा आफ्ना गतिविधि बढाउदै चुनावी माहौल सिर्जना गर्न केन्द्रित भएको छ । निर्वाचनको मिति घोषणा भए लगत्तैदेखि कांग्रेस, एमाले, माओवादी केन्द्र लगायत मधेशवादी दलहरु कार्यकर्ता भेटघाट, प्रशिक्षणहरुमा व्यस्त देखिएका छन् । जिल्लामा अन्य दलका कार्यकर्तालाई आफ्नो पार्टीमा ल्याउने कार्यका साथै सभा सम्मेलन मार्फत राजनीतिक दलहरुको गतिविधि बढ्न थालेपछि स्थानीय जनताहरुले पनि निर्वाचन हुनेमा आशा प्रकट गरेका छन् ।
आसन्न हुन लागेको स्थानीय तहको निर्वाचनबाट जनताले १९ वर्ष पछि प्रत्यक्ष निर्वाचित प्रतिनिधि चुन्ने अवसर पाउन लागेका हुन । स्थानीय स्तरमा जनप्रतिनिधि नभएसम्म विकासका गति अगाडि नबढ्ने भएकोले आफुहरु एक जुट भई निर्वाचनमा लागेको नेपाली काँग्रेसका जिल्ला सभापति जयचन्द्र चौरसियाले बताए ।
प्रत्यक्ष रुपमा निर्वाचनको बिरोध गरिरहेको मधेस केन्द्रित दलहरु पनि जिल्लामा सभा, सम्मेलन तथा भेटघाट एवं अन्य दलका कार्यकर्ताहरुलाई पार्टी प्रवेश जस्ता गतिविधिले अप्रत्यक्षरुपमा मधेश केन्द्रित दल समेत चुनावको पक्षमा देखिएको छ । स्थानीय जनता चुनावको प्रतिक्षामा रहेको र चुनाव छिटो होस् भनिरहेका छन् भन्छन् नेकपा एमालेका जिल्ला अध्यक्ष सुन्दर विश्वकर्माले बताए ।
जिल्ला निर्वाचन कार्यालय मतदात केन्द्र निर्धारण, निर्वाचन सम्वन्धि प्रशिक्षण जस्ता कार्यक्रममा व्यस्त रहेको बाराका निर्वाचन अधिकृत नरेशकुमार सर्राफले बताए ।
नयाँ संरचना अनुसार बारामा २ उपमहानगरपालिका ४ नगरपालिका र ९ वटा गाउँपालिका कायम भएका छन् । जिल्लामा ३ लाख ३६ हजार ७८ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय बाराले जनाएको छ ।

LIVE TV