१२ चैत्र २०७३, शनिबार

चितवन । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले तोकिएको समयमा स्थानीय तहको निर्वाचन हुनेमा विश्वस्त रहन आग्रह गरेका छन् ।

शनिबार चितवनको भरतपुरमा संचारर्कीसंग कुराकानी गर्दै स्थानीय तहको निर्वाचन कुनै पनि शक्तिले विथोल्न नमिल्ने बताए । सरकारले संविधान संशोधनको प्रस्ताव मार्फत स्थानीय तहको अधिकार कटौती गर्न खोजेको भन्दै उपाध्यक्ष गौतमले एमालेले यसलाई असफल वनाउने बताए ।
मधेसी मोर्चाको नाममा सरकार तमासे वनेर निर्वाचन नगराउने खेलमा लागेको भन्दै उहाँले तराई मधेसका जनताको ५ प्रतिशत समर्थन भएका राजनैतिक दलहरुले निर्वाचन विथल्न खोज्नु गलत रहेको बताए ।
उपाध्यक्ष गौतमले सिरहामा आयोजना गरेको आमसभालाई सरकारले नियोजित तरीकाले विथोलेको भन्दै पुनः आमसभाको तयारी भईरहको बताए । अहिलेको आम सभा पनि विथोलियो भने यसको जिम्मेवारी सरकारले लिनु पर्ने उपाध्यक्ष गौतमले जिकिर थियो ।

LIVE TV