१२ चैत्र २०७३, शनिबार
  • तारा आचार्य,

मोरङ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा निर्वाचन आयोग सम्पूर्ण तयारी गरेर अगाडि बढिसकेको बताएका छन् । उनले निर्वाचन आयोगले निर्वाचनको आवश्यक तयारी गरीसकेको हुनाले सवै दलहरुको सहमतिमा तोकिएकै समयमा स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने बताए ।

शनिवार विराटनगरमा क्षेत्रीय निर्वाचन कार्यालयले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचन तयारीको लागि विभिन्न जिल्लाहरुमा मतदाता शिक्षा कार्याक्रम संचालन गरिरहेको जानकारी दिए ।
उनले स्थानीय तहको निर्वाचनका लागि जनता उत्साहित भएको र निर्वाचन आयोग पनि पूर्ण तयारीमा भएकाले तराईमा देखिएको समस्या समाधान गरेर सवै दलहरुले निर्वाचनमा सहभागि हुने विश्वास ब्यक्त गरे । प्रमुख निर्वाचन आयुक्त यादवले तराईका केही जिल्लाहरुमा गाँउपालिका, नगरपालिका र निर्वाचनको कार्यालय खोल्न अझै पनि बाधा भईरहेको जानकारी आएकाले निर्वाचनको वातावरण बनाउन सरकारलाई आग्रह समेत गरेका छन् ।
प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचन आयोगको वैशाख ३१ गते एक दिनमा देश भरी निर्वाचन सम्पन्न गर्ने लक्ष्य अनुसारनै कार्यक्रमहरु गरिरहेको जानकारी दिए ।

 

LIVE TV