१२ चैत्र २०७३, शनिबार
  • मनोज साह,

रौतहट । शुक्रबार राति हावाहुरीसँगैको परेको असिना पानीले रौतहटको उतरी भेगमा ठूलो क्षति पुगेको छ । सर्वसाधारणका टायल र खपडाका घरमा असिनाले ठूलो क्षति पु¥याएको छ ।

चन्द्रपुर नगरपालिका वडा नं. १० स्थित खौराहा गाउमा रहेको १ सय १० घरधुरीको घरको सवै टायल र खपडामा क्षति पु¥याएको छ । शुक्रबार राति परेको असिनाले घरमा क्षति गरेपछि ज्यान जोगाउनै मुस्किल परेको स्थानीय लखिन्द्र सहनीले बताए । घरमा छाएको टायल सवै फुटेपछि परिवारका सदस्य सहित आफु खाँटमुनी बसेर रात काटेको उनको भनाई छ ।
चन्द्रपुर नगरपालिकाको सिन्दुरेधारी, चेतनगर, खौराहा, बलुवा लगायतका स्थानमा असिनाले बढि क्षति गरेको छ । खौराहामा मात्र करिव दुई करोड बराबरको टायल र खपडामा क्षति पुगेका स्थानीय दशरथ सहनीले बताए ।
यस्तै, असिनाले अन्न बालीमा पनि क्षति पुगेको छ । गहुँ, मुसुरो , मकै लहरे तरकारी र आँपमा पनि असिना पानीले क्षति गरेको छ । असिना पानीका कारण कृषि क्षेत्रमा क्षति पुगेको तर विवरण आइनसकेको जिल्ला कृषि कार्यालय रौतहटका प्रमुख राजनारायण यादवले बताए ।
यता जिल्लामा रहेका इँटा उद्योगका काँचो इँटा पनि असिनाले नष्ट गरेको छ । केही समयअघि मात्र परेको पानीले क्षति पु¥याएको दुई हप्तामा आएको असिना सहितको पानीले इट्टा व्यवसायीलाई ठूलो क्षति पुगेको इट्टा व्यवसायी देवेन्द्र थापाले बर्ता ।

 

LIVE TV