१२ चैत्र २०७३, शनिबार

काठमाडौं । महानगरीय प्रहरी वृत सातदोबाटोले विशेष सुराकीको आधारमा कौडा खेलिरहेको अवस्थामा १ लाख २५ हजार ८ सय १० रुपैयाँसहित ९ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा वेदनाथ घिमिरे, राजन सञ्जेल, श्याम प्रसाद तिमिल्सना, रमेश घिमिरे, महेश बजगाईं, रेवती तिमिल्सना, पुरुषोतम घिमिरे र राजन घिमिरे रहेका छन् ।

प्रहरी निरीक्षक सागर विक्राम राणासहितको टोली मणिराज उप्रेती, टोपबहादुर थापाले साढे ३ बजेतिर उनीहरुलाई पक्राउ गरेको हो ।

ललितपुर वडा १५ बोदिग्रामस्थित स्विमिङ पुल पछाडी अर्थात प्रहरी वृतबाट नजिकै रहेको लालबहादुर श्रेष्ठको तीन तल्लाको पक्की घरमा उनीहरु कौडा खेलिरहेको र पक्राउ गरिएको इन्स्पेक्टर राणाले बताए ।
हाल उनीहरुलाई सातदोबाटो वृतमा राखी अनुसन्धान भइरहेको वृतका डिएसपी रामेश्वर यादवले बताए ।

LIVE TV