१२ चैत्र २०७३, शनिबार

हेटौँडा । उपप्रधान तथा स्थानीय विकासमन्त्री कमल थापाले मुलुकमा विद्यमान राजनीतिक सङ्कटलाई हल गर्न र प्रजातन्त्रलाई सुदृढ पार्न मधेसवादी दलहरुलाई स्थानीय निर्वाचनमा सहभागी गराउन वर्तमान सरकार गृहकार्यमा जुटेको बताए ।

उपप्रधानमन्त्री थापाले आज राप्रपा मकवानपुरद्वारा उनकै सम्मानमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै स्थानीय तह निर्वाचनलगत्तै केन्द्र र प्रदेशको निर्वाचन गरी बाह्य हस्तक्षेपलाई निष्प्रभावी बनाउन प्रमुख राजनीतिक दलहरुले सकारात्मक भूमिका खेल्नुपर्ने बताए ।

उनले मुलुकमा राजनीतिक स्थायित्वका साथसाथै आर्थिक समृद्धिका लागि राप्रपाले अरु दलसँग सहकार्य गर्ने समय आएको पनि बताए ।

सो कार्यक्रममा राप्रपाका भूपू केन्द्रीय सदस्य मधु अधिकारी र राप्रपा मकवानपुरका अध्यक्ष रामहरि न्यौपानेले प्रमुख दलहरुले मधेसवादी दलसँग आपसी समझदारी कायम गर्दै दुई दशकदेखि स्थगित भएको स्थानीय निर्वाचनलाई सफल पार्नुपर्ने बताए ।

LIVE TV