१२ चैत्र २०७३, शनिबार

मोरङ । आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र धाँधलीरहितरुपमा सम्पन्न गराउन मोरङमा मतदाता शिक्षा कार्यक्रम सुरु गरिएको छ । मतदाता शिक्षा कार्यक्रमले निर्वाचनमा मतदान प्रक्रिया र निर्वाचन आचारसंहिताबारे जानकारी प्रदान हुने विश्वास गरिएको छ ।

निर्वाचन आयोगले मुलुकभर ८ वटा ठाँउमा मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी रुपमा लैजान क्षेत्रीय स्तरको प्रशिक्षक प्रशिक्षण कार्यक्रम संचालन गरेको छ । प्रशिक्षण कार्यक्रमका सहभागीहरुलाई मतदान, मतदानको महत्व, मतदान प्रक्रिया, निर्वाचन प्रणाली, स्थानीय तह र आचारसंहिताबारे प्रशिक्षण दिइने बताइएको छ ।
शनिवारदेखि विराटनगरमा आयोजित क्षेत्रीय प्रशिक्षक प्रशिक्षण कार्यक्रममा पूर्वाञ्चलको मेचीका ४, कोशीका ६ र सगरमाथा अंचलका सप्तरी र उदयपुर गरी १२ जिल्लाका प्रशिक्षकहरु सहभागी छन् । क्षेत्रीय तथा जिल्ला निर्वाचन अधिकारी, स्रोत व्यक्ति, जिल्ला समन्वय समितिका सहजकर्ता र महिला शिक्षिका गरी ६४ जना सहभागी प्रशिक्षकहरुले जिल्ला जिल्लामा गएर स्थानीय तहका प्रशिक्षकहरुलाई प्रशिक्षण दिने बताइएको छ ।

LIVE TV