११ चैत्र २०७३, शुक्रबार

पाल्पा । पाल्पाका ग्रामीण भेगका वनजंगलमा गुराँस फूलेसंगै वातावरण पनि मनोरम भएको छ । गुराँस फुलेसगै बनजंगल, गाउँ बस्ती नै रमणीय र सुन्दर देखिएका छन् ।

पाल्पाको रैनादेवी गाउँपालिका अन्तरगत छहरा , भुवनपोखरी , सोमादी , मुझुङ्ग ,रिब्दीकोट , कुसुमखोला , पालुङ्गमैनादी , फेक लगायतका सामुदायिक वनहरुमा गुँरास फुल फुलेर वन राताम्मे बनेको छ । गुँरास फुलेसंगै स्थानीयले फूल टिपेर राजमार्गका सवारीमा आउने जाने यात्रुलाई गुँरास बेचेर पनि आम्दानी गरिरहेका छन् ।
स्थानीय ससाना बालबालिकाहरुले गुँरास बेचेर पढाई खर्च जोर्ने गरेको पाइएको छ । गुँरासलाई प्रशोधन गरेर जुसको रुपमा प्रयोग गर्न सकिने भए पनि गुँरासको जुस उत्पादन गर्न उद्योग स्थापना नभएका कारण प्रशोधन गरी आम्दानी लिन नसकेको पाल्पा उद्योग बाणिज्य संघका सदस्य नित्यानन्द पोखरेलले बताए ।
बर्षेनी बनजंगलमा फूल्ने गुँरास त्यसै खेर गइरहेको छ । गुँरास प्रशोधन गर्न उद्योगको स्थापना गर्न सकेका स्थानीयले गुँरासबाट आम्दानी तथा रोजगार पाउने आशा गरेका छन् ।

 

LIVE TV