११ चैत्र २०७३, शुक्रबार

सुनसरी । पछिल्लो समय धरानसहित आपपासका क्षेत्रमा बढ्दो लागुऔषधको कारोबार तथा गुण्डागर्दी नियन्त्रणका लागि कोशी अञ्चल प्रहरी कार्यालय धरानले डेल्टा अपे्रशन सुरु गरेको छ । यो अप्रेशन सुरु हुन साथ धरानवाट लागुऔषधको कारोबार गर्दै आएका एक युवा लाई १० लाख बराबरको लागु औषधसहित नियन्त्रणमा लिनसफल भएको प्रहरीले जनाएको छ ।

डेल्टा अप्रशन लागुऔषध, गुण्डागर्दीसंगै आसन्न स्थानीय तहको निर्वाचनमा समेत केन्द्रत गरिने प्रहरीको तयारी छ । लागू औषधको कारोबारीको ट्राजिन्स्ट पोइन्ट, हत्याका श्रृंखलाहरुमा वृद्धि हुदै गएपछि कोशी अञ्चल प्रहरी कार्यालयको मातहतमा रहनेगरी कोशी अञ्चलका ६ वटै जिल्लामा यो अभियान अघि बढाइएको हो ।
चैत ७ गतेदेखि चलाइएको यो अभियानमा उपलब्धी हासिल गरिरहेको प्रहरीको भनाई छ । लागऔषध, गुण्डागर्दी, हुल हुज्जत, चन्दा असुलीलाई न्यूनीकरण गर्ने बताउँदै राजनीतिक आडमा गरिएको अपराध र प्रहरी संगठनभित्रकै अपराधलाई कानुनको दायरामा ल्याउने प्रहरीले जनाएको छ ।
प्रहरी प्रशासनलाई चुस्त र दुरुस्त बनाउन र अपराध नियन्त्रण गर्न यो अभियानले सहयोग पु¥याउने प्रहरीको विश्वास छ ।

LIVE TV