११ चैत्र २०७३, शुक्रबार

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचनका लागि महत्वपूर्ण मानिएका थप विधेयकहरुलाई प्रमाणीकरण गरेकी छन् । उनले शुक्रबार संसदबाट पारित भइसकेका विधेयकलाई राज्यको अंग बनोस् भनेर प्रमाणीकरण गरेकी हुन् ।

शुक्रबार भण्डारीले निर्वाचन क्षेत्र निर्धारण विधेयक २०७३ र गाउँ तथा नगरपालिकाको वडाको संख्या निर्धारण विधेयक २०७३ लाई प्रमाणीकरण गरेकी हुन् । उनले दुवै विधेयक नेपालको संविधानअनुरुप प्रमाणीकरण गरेकी हुन् ।
राष्ट्रपति कार्यालयका अनुसार व्यवस्थापिका–संसद्को चैत ७ गतेको बैठकबाट पारित भई प्रमाणीकरणका लागि ती दुवै विधेयक पेस भएका थिए । संसदले पारित गरेको विधेयकलाई राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने प्रावधान रहेको छ । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि मात्रै विधेयक राज्यको अंगका रुपमा रहने गर्दछ ।

LIVE TV