११ चैत्र २०७३, शुक्रबार

धादिङ । लामो समयदेखि वन संरक्षणमा योगदान पु¥याउँदै आउनुभएका अभियानकर्मी भीमरमण नेपाललाई ‘उच्च पहाडी क्षेत्र संरक्षण अभियान नेपाल धादिङ’ले आज संस्थाको मानार्थ सल्लाहकार सदस्यता प्रदान गरेको छ ।

लोपोन्मुख वन्यजन्तु हाब्रे र सालकको संरक्षणका क्षेत्रमा समेत काम गर्दै आएको सो संस्थाद्वारा आयोजित ‘लोपोन्मुख वन्यजन्तु र पर्यटनको अन्तरसम्बन्ध’ विषयको अन्तक्र्रियामा सन् २००६ को अब्राहम लिङ्कन अन्तर्राष्ट्रिय सम्मान प्राप्तकर्ता नीलकण्ठ नपा–२ निवासी नेपाललाई सम्मानस्वरुप सदस्यता प्रदान गरिएको हो ।

प्रकृति संरक्षणका क्षेत्रमा काम गर्दै आउनुभएका सुदीप भण्डारीले हाब्रे पाइने स्थान, तिनको दिनचर्या र संरक्षणको आवश्यकता सम्बन्धमा र सालकका क्षेत्रमा अनुसन्धान एवम् शोधकार्यमा संलग्न तुलसीलक्ष्मी सुवालले सालको जीवनक्रम र पर्यापर्यनसँग त्यसको अन्तरसम्बन्धबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा प्रजिअ उमेशकुमार ढकाल, जिल्ला वन अधिकृत इमानाथ पौडेल, नीलकण्ठ नगरपालिकाका कार्यकारी अधिकृत राजेन्द्रबहादुर अर्याल, संस्थाका अध्यक्ष डेबिड घलेलगायतले भौगोलिक अवस्था र हावापानीको दृष्टिले दुवै लोपोन्मुख वन्यजन्तु धादिङमा पाइनु सुखद् पक्ष रहेको बताउँदै तिनको संरक्षणसँगै वासस्थान वनजङ्गलको संरक्षण हुनुपर्नेमा जोड दिए ।

LIVE TV