११ चैत्र २०७३, शुक्रबार

 

काठमाडौँ । दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत अमृतबहादुर राईले तान्जानियाका राष्ट्रपति डा जोन पोम्बे मुगाफुललाई आज आफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको छ ।

राई तान्जानियाका लागि गैरआवासीय राजदूत हुनुहुन्छ । सो अवसरमा राजदूत राईले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पठाउनुभएको सन्देश हस्तान्तरण गर्नुभएको थियो ।

सन्देशमा नेपाल सरकार र नेपाली जनताका तर्फबाट तान्जानियाली राष्ट्रपति र जनताको सुख,समृद्धि एवम् सुस्वास्थ्यको कामना गरिएको छ ।

LIVE TV