११ चैत्र २०७३, शुक्रबार

काठमाडौं । नेपाल भ्रमणमा रहेका चीनका रक्षामन्त्री चान वानक्वानले भूकम्पपछि बन्द रहेको तातोपानी नाका खोल्न पहल गर्ने आश्वासन दिएका छन् । उनले तातोपानी नाका र अरनिको राजमार्ग पुनर्निर्माणलाई चीन सरकारले उच्च प्राथमिकता दिएको बताएका हुने ।

शुक्रवार अपरान्ह गृहमन्त्रालयमा भएको शिष्टाचार भेटमा उपप्रधानमन्त्रीसमेत रहनुभएका निधिले एक चीन नीतिप्रति नेपालको समर्थन रहेको बताउँदै नेपाली भूमीबाट चीन बिरोधी गतिबिधि हुन नदिने प्रतिबद्धता जनाएका छन् ।
भेटमा चिनियाँ रक्षामन्त्री चानले रक्षामन्त्री चानले आफू स्वदेश फर्किएपछि तातोपानी नाका खोल्ने र अरनिको राजमार्ग निर्माणबारे थप पहल गर्ने आश्वासन दिएका हुन् ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको सञ्चार प्रणाली आधुनिकीकरण गर्ने, गृहमन्त्रालयका अधिकारी तथा नेपाल प्रहरी र सशस्त्र प्रहरीको क्षमता अभिबृद्धिका लागि तालिम दिने बिषयमा पनि दुईबीच छलफल भएको थियो ।
चिनियाँ रक्षामन्त्री चानले शुक्रवार नै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानसेनापति राजेन्द्र क्षत्रीसंग पनि भेटवार्ता गरेका छन् । भेटमा नेपाल र चीनबीचको द्विदेशीय सम्बन्ध र आपसी हितका बिभिन्न पक्षमा छलफल भएको थियो ।

LIVE TV