११ चैत्र २०७३, शुक्रबार
  • तारा आचार्य,

मोरङ । आगामी वैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि मोरङमा मतदान स्थलहरुको टुङगो लागि सकेको क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरले जनाएको छ । स्थानीय तहको पुनसंरचना पछि गाविस र नगरपालिकाहरु गाभिएकाले साविकको मतदान स्थलहरु परिवर्तन गर्नुपरेको निर्वाचन कार्यालयले जानाएको छ ।

२०७० सालको निर्वाचनमा मोरङमा २६३ वटा मतदान स्थलहरु कायम गरिएको थियो । तीन बर्षमा मतदाताको संख्यमा वृद्धि भएकाले ३८ वटा मतदान स्थलहरु थपिएर ३०१ पुगेको निमित्त क्षेत्रीय निर्वाचन अधिकारी भक्तबहादुर भट्टराईले जानकारी दिए ।
मतदान स्थलहरु तोकिए संगै मतदान केन्द्रहरु स्थापना गर्न सजिलो हुने बताइएको छ । स्थानीय तहको पुनर्संरचना भएसंगै मोरङमा गाँउपालिका र नगरपालिकामा कार्यकारी अधिकृतहरु तोकिए पनि वडा सचिवहरु अझै पठाइएको छैन ।
मोरङमा १५९ वडाहरु रहेका छन् । वडा सचिव पठाइएपछि उनीहरुको सुझाव र सल्लाह अनुसार मतदान केन्द्रहरु तोकिने क्षेत्रीय निर्वाचन कार्यालयले जनाएको छ ।
मोरङमा गत निर्वाचन भन्दा करिब ७८ हजार नयाँ मतदाता समेत थपिएकोले अन्तिम मतदाता नामावली आएपछि मतदान केन्द्र तोकिने क्षेत्रीय निर्वाचन कार्यालय मोरङले जनाएकोे छ । गाँउ ,नगर, र उप महानगरपालिकागरि मोरङबाट ५ लाख ७३ हजार ४ सय ३ जना मतदाताले मतदान गर्न पाउने सो कार्यालयले जनाएको छ ।
३ सय १ मतदान स्थल तोकिएको मोरङ जिल्लामा मतदानकालागि करिव ३ हजार मतपेटिका तयारी अवस्थामा रहेको निमित्त क्षेत्रीय अधिकारी भट्टराईले जानकारी दिए ।

 

LIVE TV