११ चैत्र २०७३, शुक्रबार

काठमाडौं । बोआओ फोरममा भाग लिन बिहीबार देखि चीन भ्रमणमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार अपरान्ह् चिनियाँ उपप्रधानमन्त्री झाङ गाउलीलसँग भेटवार्ता गरेका छन् । उनले चीनको हाननस्थित बोआओ स्टेट गेष्ट हाउसमा चिनियाँ उपप्रधानमन्त्री गाउलीसँग भेटघाट गरेका हुन् ।

अपरान्ह् भएको भेटमा प्रधानमन्त्री दाहालले उपप्रधानमन्त्रीसँग दुई देशबीचको सम्बन्धका विषयमा कुराकानी गरेका प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
बोआओ फोरममा भाग लिनुपूूर्व शुक्रबार बिहान प्रधानमन्त्री दाहालले बोआओ होटलमा रहेको थाङ्का प्रदर्शनी अवलोकन गरेका थिए ।
गौतम बुद्धको जीवन दर्शनमा आधारित थाङ्का प्रदर्शनीको उनले अवलोकन गर्नुभएको सचिवालयले जनाएको छ । त्यसैगरि शुक्रबार उनले ग्वाङझाओमा नेपाली समुदायसँग भेटघाट गरेका थिए ।
उनले आजै साँझ चीनिया उपप्रधानमन्त्री झाङ ले दिने रात्रिभोजमा सहभागी हुने कार्यक्रम रहेको छ । त्यसैगरि प्रधानमन्त्री दाहालले शनिबार बेइजिङ प्रस्थान गर्ने र चिनियाँ राष्ट्रपतिसँग द्विपक्षीय हितका विषयमा छलफल गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

LIVE TV