११ चैत्र २०७३, शुक्रबार

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले ठूलो परिमाणमा अमेरिकी डलर बरामद गरेको छ । प्रहरीले थाइ एयरबाट थाइल्याण्ड जान लागेका चार जना भिक्षुणीहरुको साथबाट ठूलो परिमाणमा अमेरिकी डलर बरामद गरेको हो ।

प्रहरीले २ लाख ८६ हजार अमेरिकी डलर बरामद गरेको जनाएको छ । काठमाडौंबाट थाइल्याण्ड जान लागेका ४ जना भिक्षुणीहरुको झोलामा संकास्पद वस्तु देखिएपछि प्रहरीले चेक गरेको थियो । प्रहरीले चेक गर्दा २ लाख ६८ हजार अमेरिकी डलर भेटिएको थियो ।
पछिल्लो समय त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा डलर बरामद गर्दै आएको छ । पक्राउ परेका भिक्षुणीहरुले भने विद्यालय बनाउन संकलन गरेको डलर लैजान लागेको बयान दिएको प्रहरीले जनाएको छ ।

LIVE TV