११ चैत्र २०७३, शुक्रबार

काठमाडौं । बोआओ फोरममा भाग लिन बिहीबार देखि चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल शुक्रबार बिहानैदेखि भेटघाटमा व्यस्त भएका छन् । शुक्रबार उनले ग्वाङझाओमा नेपाली समुदायसँग भेटघाट गरेका प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

त्यसैगरि प्रधानमन्त्री दाहालले शुक्रबार अपरान्ह् ग्वानझाओमाा त्यहाँको थाङका प्रदर्शनी अवलोकन गर्ने कार्यक्रम रहेको छ । त्यसैगरि अपरान्ह चिनियाँ उपप्रधानमन्त्री झाङ गावलीसँग भेट्ने प्रधानमन्त्री दाहालको कार्यक्रम रहेको छ ।
उनले आजै साँझ चीनिया उपप्रधानमन्त्री झाङ ले दिने रात्रिभोजमा सहभागी हुने कार्यक्रम रहेको छ । त्यसैगरि प्रधानमन्त्री दाहालले शनिबार बेइजिङ प्रस्थान गर्ने र चिनियाँ राष्ट्रपतिसँग द्विपक्षीय हितका विषयमा छलफल गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

LIVE TV