११ चैत्र २०७३, शुक्रबार

ढाका । बङ्गलादेशको मिमेन्सींघ जिल्लामा शुक्रबार भएको ट्रक दुर्घटनामा परी कम्तीमा १० जनाको मृत्यु भएको छ ।

राजधानी ढाकाबाट १२२ किलोमिटर उत्तरतर्फ पर्ने ठाउँमा ट्रकले अचानक दिशा परिवर्तन गर्दा भएको दुर्घटनामा परी अन्य केही घाइते भएका छन् ।
स्थानीय समयानुसार बिहान ४ बजे दुर्घटना भएको र मृतक सवैको घटनास्थलमै मृत्यु भएको स्थानीय प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् ।
दुर्घटना भएको ट्रकमा सिमेन्ट लोड गरिएको थियो भने, सो घटनामा ज्यान गुमाउने अधिकांश मजदुर रहेका थिए । दुर्घटनाको कारण स्पष्ट भईनसकेको प्रहरीको भनाई छ ।

बङ्गलादेशमा सडक दुर्घटनामा परी बर्षेनी धेरै जनाको मृत्यु हुने गरेको छ । राम्रोसँग मर्मत नगरेका सवारी साधन र ट्रफिक नियमहरुको उलङ्घन दुर्घटनाको मुख्य कारण भएको अधिकारीहरुले बताएका छन् ।

LIVE TV