१० चैत्र २०७३, बिहीबार
  • रीया भण्डारी,

काठमाडौं । सूर्तीजन्य पदार्थको सहज उपलब्धताले पनि धुमपानको अम्मली र सेवनकर्ताको संख्या बढ्दो छ । विश्वभर सूर्तीजन्य पदार्थहरु सहजै किन्न पाइदैन , यस्को खरिद विक्रिमा धेरै कानूनी अड्चनहरु लगाइएको छ । तर नेपालको बजार त्यस्तो छैन ।

यहाँ धेरै सहजता छन् सूर्तीजन्य पदार्थ र मदिरा विक्रिको पक्षमा । सरकारले चैत एकदेखि लागू हुने गरी यस्को विक्रि वितरणमा कडाई त ग¥यो तर कार्यान्वयनमा आउन सकेन । बिहीबार गरिएको अनुगमनमा धेरै यस्ता पसलहरु भेटियो , जो सरकारी नियमको खिल्ली उडाउँदै सूर्तीजन्य पदार्थको विक्रिमा व्यस्त थिए ।
इजाजत लिए पनि अब देखि उपभोग्य बस्तु बेचिने किराना पसलबाट सुर्तीजन्य पदार्थ बेच्न पाइने छैन । चैत १ गते देखि कार्यन्वयनमा आउने गरि सुर्तीजन्य पदार्थ बिक्रि गर्न छुट्टै इजाजत लिनु पर्ने भन्दै माइकिंग नै गरिएको थियो तर हरेक पटक जस्तै नेपालको कानुन यस्तै त होनी भनेर मनोमानी गर्ने ब्यबसायीहरुलाई कानूनको पाठ मज्जाले सिकाइएको छ । जिल्ला जनस्वास्थ्य कार्यलयका निरीक्षक धुब्रकुमार अधिकारीले काठमाण्डौको बानेश्वर र कोटेश्वर क्षेत्रमा रहेका बिभिन्न २५ बटा पसलबाट सूर्तीजन्य पदार्थ जफत गरिएको जानकारी दिए ।
काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलको नेतृत्वमा बानेश्वरदेखि सुविधानगर हुँदै कोटेश्वरसम्मका पान पसल, क्याफे रेस्टुरेन्ट किराना पसल र सडक पेटिका पसलमा इजाजत बिना बेचिएका सुर्य चुरोट ,शिखर चुरोट ,पाइलट चुरोट खुकुरी चुरोट र बिभिन्न कम्पनीका सुर्तिहरुलाइ जफत गरि नष्ट गरिएको छ ।
टोलीले इजाजत बिना सुर्तीजन्य पदार्थ नबेच्न र उपभोग्य किराना पसल बाट सूर्तीजन्य पदार्थ बिक्रि नगर्न सचेत गराएको छ ।

अनुगमन टोलीका नेतृत्व गरेका सहायक जिल्ला प्रसासन प्रमुख प्रेमप्रसाद लुइँटेलले माघ ६ गतेको मन्त्रिपरिषदको सूर्तिजन्य पदार्थको कानून ब्यबस्था अनुसार सुर्तिजन्य पदार्थ बिक्रिको लागि माइकिङ्ग गरेर र बिभिन्न संचार माध्यमबाट सुचना दिएर सचेत गराए पनि ब्यबसायीहरुले कानुनको पालना नगरेको देखिएको भन्दै अनुगमनलाई तीब्र बनाइने बताए ।

यता ब्यबसायीहरुले भने नयाँ ब्यबस्थाको बारेमा जानकारी नभएको जिकिर गरेका छन् । विक्री वितरण गर्न नपाईने दर्ता विनाका विदेशी चुरोट तथा सुर्तीहरु ब्ल्याक चुरोट, गरम चुरोट, गोल्डेन सुर्ती र घडी सुर्ती समेत विक्री वितरण गरेको पाइएकोले छ ।

नयाँ नियमअनुसार इजाजत लिएका सुर्तीजन्य पदार्थका बिक्रेताहरूले सबैले सजिलै देख्न–पढ्न सक्ने गरी २० र ३० को सुचना पाटी राख्नुपर्छ ।

सुचनामा १८ वर्ष नपुगेका र गर्भवती महिलालाई सूर्तीजन्य पदार्थ नबेचिने र बेच्न नलगाइनेलगायत जानकारी हुनुपर्छ. तर, राजधानीका विभिन्न स्थानमा रहेका चल्तीका पसलमा कुनै सुचना देखिँदैन ।

तर यस पटकको अनुगमन विगतका जस्त कर्मकाण्डी अनुगमन नबनुन । किनभने बजार अनुगमनका नाममा रचिने नाटकले आम नेपाली आजित बनिसकेका छन् ।

 

LIVE TV