१० चैत्र २०७३, बिहीबार
  • सुरेश श्रेष्ठ,

दाङ । बैशाख ३१ गतेको लागि तोकिएको स्थानीय निर्वाचनका लागि दाङका नागरिकहरु उत्साहित देखिएका छन । दाङमा अवस्थित राजनीतिक दल, उद्योगी ब्यवसायी, नागरिक, मानव अधिकारकर्मी आम मतदाताहरु उत्साहित भएका हुन । उनीहरुले स्थानीय स्तरमा निर्वाचन आवश्यक रहेको वेला सरकारले निर्वाचनको तयारी गर्नु प्रंसशनीय रहेका भन्दै त्यसले आम मानिसमा उत्साह बढाएको वताएका छन् ।

युवा, व्यवसायी र महिलाका अगुवाहरुले नेतृत्वको समेत अपेक्षा गरेको संकेत गर्दै हिडेका छन । आफु आवद्ध पार्टीले अवसर दिएमा नागरिकको सेवा गर्न तयार रहेका बताउँछन् व्यवसायी जनक खराल ।
महिला अगुवा सुष्मा गिरीले पनि महिलाहरुले नेतृत्व पाएमा अगुवाई गर्न मुलुककै सन्दर्भमा पुष्टि भइसकेको बताउँछन् ।
दाङमा रहेका ठूला दलका नेतादेखि साना दलहरुले जिल्ला स्तरमा चुनावी अभियानलाई तीव्रता दिएको वताएका छन । जिल्लामा नेपाली काँगे्रस, नेकपा एमाले, माओवादी केन्द्र, राप्रपाले चुनावी अभियान सुरु भएको वताएका छन ।
उता जिल्लामा अस्तित्वमा रहेका र क्रियाशिल रहेका सबै दलहरु जिल्ला निर्वाचन कार्यालयमा दर्ता भएका छन । जिल्ला निर्वाचन कार्यालयका अनुसार स्थानीय निर्वाचनको लागि कार्यालयमा २७ दल दर्ता भएका छन । त्यसमा मधेश केन्द्रित दलको संख्या आड रहेको छ ।
निर्वाचन आयोगको निर्देशन अनुसार जिल्लामा तयारीलाई अन्तिम चरणमा पु¥याइएको कार्यालय प्रमुख विजयकुमार केसीले जानकारी दिनुभयो । उहाँले जिल्लामा रहेका १ सय ५१ मतदमा स्थलमा ३ सय बढि मदतान केन्द्र राखिने र स्थानीय चुनावमा २ लाख ९१ हजार ९ सय २१ मतदाताले मतदान गर्ने छन ।
जिल्लामा प्रमुख निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तोक्न वाँकी रहेका छ । निर्वाचन आयोगले जिल्लाका लागि निर्वाचन अधिकृतहरु तोके लगतै निर्वाचनको लागि छुट्टै कार्यालय खोलिने भएको छ ।

 

LIVE TV