१० चैत्र २०७३, बिहीबार

काठमाडौं । काठमाडौँ मख्खन गल्लीस्थित न्यू डालिज साडी पसलका सञ्चालक श्यामसुन्दर अग्रवालको अपहरणमा संलग्न व्यक्ति नै मृत फेला परेकी छन् ।


यही फागुन ५ गते अपहरणमा संलग्न धादिङकी राधिका श्रेष्ठलाई महानगरीय अपराध महाशाखाले खोजीका क्रममा फागुन २० गते भक्तपुरको वागेश्वरीमा मृत अवस्थामा फेला पारेको थियो ।

महाशाखाले आज पत्रकार सम्मेलन गरी अग्रवाललाई अपहरण गर्ने कार्यमा संलग्नमध्ये श्रेष्ठलाई मृत अवस्थामा फेला पारेको जनाएको छ ।
महाशाखा प्रमुख दिनेश अमात्यले घटनाका मुख्य योजनाकार प्रकाश लामिछानेले अग्रवालकै पसलमा काम गरेकी श्रेष्ठलाई प्रयोग गरी अग्रवालसँग रु १० लाख ७० हजार फिरौती लिएको र पछि अग्रवालले सबै कुरा श्रेष्ठमार्फत थाहा पाउने डरले उनको हत्या गरिएको अनुसन्धानबाट खुल्न आएको जानकारी दिए ।

अपहरणमा संलग्नमध्ये महाशाखाले भक्तपुरका किशोर गिरी र सरोज घोरासाइनेलाई समेत पक्राउ गरेको छ ।

LIVE TV