१० चैत्र २०७३, बिहीबार

बागलुङ । सामाजिक विकृतिकोरुपमा रहेको दुव्र्यसन नियन्त्रणका लागि आमाहरु लागि पर्न थालेका छन् । युवाहरु बिभिन्न कारणबाट दुव्र्यसनमा फस्दै गएको भन्दै यसलाई नियान्त्रण गर्नको लागि ‘दुव्र्यसन विरुद्ध आमाहरु’ अभियान थालिएको छ ।

बागलुङमा सञ्चार क्षेत्रमा क्रियाशील आदर्श सञ्चार सहकारी संस्थाले जिल्ला प्रहरी कार्यालयसंगको समन्वयमा जिल्लाका विभिन्न स्थानमा रहेका आमाहरुलाई सचेतना प्रदान गर्दै आएको छ ।
‘दुव्र्यसन विरुद्ध आमाहरु’ अभियान थालेपछि बागलुङका आमाहरु थप उत्साहित भएका छन् भने यसले दुव्र्यसन नियन्त्रणमा सहयोग पुग्ने उनीहरुको विश्वास छ ।
बालबालिकाको पहिलो पाठशाला आमा भएको र आमा अधिकांश समय छोराछोरीकै साथमा रहने भएकाले आमाहरुलाई दुव्र्यसन सम्बन्धी सचेतना प्रदान गर्ने अभियान थालिएको बताइएको छ ।
सहकारीले पनि समाज रुपान्तरणमा सहयोग पु¥याउनु पर्दछ भन्ने अभिप्रायले यो अभियान थालिएको आदर्श सञ्चार सहकारी संस्थाका प्रबन्धक रामबहादुर जिसीले बताए ।
स्थानीयहरुले आफ्ना छोराछोरीहरु दुव्र्यसनमा कसरी फस्छन, ? यसका लक्षणहरु के के हुन र उनीहरुलाई जोगाउन के गर्नुपर्छ भन्ने कुरा अभियानबाट सिकेको बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक चन्द्र कुंँवेर खापुङले प्रहरीले गर्ने अभियान प्रहरी र सञ्चार सहकारीको समन्वयमा गर्दा कार्यक्रम अझ प्रभावकारी भएको बताए ।
खेल्ने, पढ्ने, साथीभाईको लहै लहैमा पर्ने, तनाव भुलाउने निहुँमा पछिल्लो समयमा दुव्र्यसनी संख्या बागलुङमा बढ्दै गएको छ ।

 

LIVE TV