१० चैत्र २०७३, बिहीबार

जुम्ला । देशभर जारी माध्यमिक शिक्षा परीक्षा एसइई अन्र्तगत जुम्ला जिल्लामा जारी परीक्षामा एकै दिन दश परीक्षार्थी र एघार निरीक्षक निष्कासित भएका छन् ।

परीक्षामा परीक्षाको मर्यादा विपरित कार्य गर्ने परीक्षार्थी र परीक्षार्थीलाई खुलेआम चिट चोराउने निरीक्षकहरु निष्कासित भएका हुन् ।
जुम्ला जिल्लामा रहेका १४ परीक्षा कोन्द्रमा धेरै जसो केन्द्रमा निरीक्षकहरुले चिट चोराउने, कुनै पनि शैक्षिक संंस्थासंग कार्यरत नभएका व्यक्तिहरुलाई परीक्षामा निरीक्षक राखिएको जस्ता गुनासो अभिभावबाट बढेपछि उनीहरुलाई निष्कासित गरिएको हो ।
परीक्षामा नियम विपरित काम गर्ने ११ जना निरीक्षकलाई बाँकी रहेको परीक्षामा समावेश हुन नपाउने गरी निष्कासन गरिएको हो ।
परीक्षार्थीहरुलाई भने बुधबारको परीक्षा रद्द हुने गरी परीक्षाबाट निष्कासन गरीएको जिल्ला शिक्षा कार्यालय जुम्लाका सुचना अधिकारी खडानन्द चौलागाईने जानकारी दिए ।

LIVE TV