१० चैत्र २०७३, बिहीबार

काठमाडौं । चीनका रक्षामन्त्री जनरल चाङ वानक्वान नेपालको तीनदिने औपचारिक भ्रमणका लागि नेपाल आएका छन् । रक्षामन्त्री बालकृष्ण खाँडको निमन्त्रणामा चाङको नेतृत्वमा १९ सदस्यीय चिनियाँ प्रतिनिधिमण्डल नेपालको औपचारिक भ्रमणमा आएको हो ।

उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्टकक्षमा रक्षामन्त्री खाँड र सचिव श्रीधर सापकोटाले स्वागत गरेका थिए । प्रधानमन्त्री पुष्पकमल दाहालसँग चीनका रक्षामन्त्री चाङले प्रधानमन्त्री निवास बालुबाटारमा बिहीबार शिष्टाचार भेट गरेका छन् । भेटमा प्रधानमन्त्री दाहालले चीनले अघि सारेको वान वेल्ट वान रोडको अवधारणामा साझेदारी गर्न नेपाल इच्छुक रहेका बताए ।
रक्षामन्त्री बालकृष्ण खाँण र चाङबीच सिंहदरबारस्थित रक्षा मन्त्रालयमा भेटवार्ता भएको छ । रक्षामन्त्रीसंगको भेटमा उनले चीनले शान्ति सेना र विपद व्यवस्थापनका लागि नेपाली सेनालाई आवश्यक पर्ने सामाग्रीहरु उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणका क्रममा उहाँले शुक्रबार दिउँसो राष्ट्रपति भवन शीतलनिवासमा शिष्टाचार भेट गर्नेछन् । उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिसँग रक्षामन्त्री चाङले शुक्रबार नै भेटवार्ता गर्नुहुने कार्यक्रम रहको छ । रक्षामन्त्री चाङले वसन्तपुर क्षेत्रका क्षतिग्रस्त सम्पदाहरुको अवलोकनसमेत गर्नेछन् ।

LIVE TV