१० चैत्र २०७३, बिहीबार

काठमाडौं । गायक यमन माझीकोे नयाँ गीतको भिडियो सार्बजनिक भएको छ । गायक यमनको ‘अमेजिङ’ बोलको नयाँ गीतको भिडियो सामाजिक सञ्जाल युट्युव मार्फत सार्वजनिक भएको हो ।

 गायक यमनले स्वरबद्ध गरेका सो गीतको शब्द तथा संगीत कार्की सरको रहेको छ । गायक यमनले आफ्नो लामो समय नेपाली गीत संगीतमा क्षेत्रमा बिताउँदै आएका छन् भने उनले आफ्नो दर्शक र श्रोताहरुको माया र साथ अनि प्रतिक्रियालाई समेट्दै आफ्नो नयाँ प्रस्तुतिको साथमा यो पटक पनि ‘अमेजिङ’बोलको नयाँ गीत आफ्नो दर्शक तथा श्रोता माझ प्रस्तुत भएका हुन् ।

उनी गायक मात्र नभएर कुशल गीतकार, संगीतकार, कम्पोजर र छायाँकार पनि रहेका छन् । उनले सबै क्षेत्रमा आफुलाई योग्य साबित पनि गरिसकेका छन् । तर, उनले आफ्नो गायन कला देखि भने सबैलाई आफु तर्फ मोहित बनाउन सफल भएका छन् ।

उनका आवाजमा एक किसिमको छुट्टै मिठासको अनुभव श्रोताहरुले गर्ने गरेका छन् । उनले यति बेला आफ्नो अधिकतम समय नेपाली गीत संगीतमा नै बिताईरहेका छन् । साथै उनले आफ्नो नयाँ नयाँ प्रस्तुतिहरु आफ्नो श्रोता तथा दर्शकमाझ ल्याउने तयारी गरिरहेका छन् ।

श्रोता तथा दर्शकहरुनै आफ्नो मुल शत्ति रहेको गायक यमन बताउँछन् । तसर्थ उनले आफ्नो नयाँ प्रस्तुति ‘अमेजिङ’लाई हेरेर प्रतिकृया दिन दर्शकहरुलाई आग्रह पनि गरेका छन् ।

LIVE TV