१० चैत्र २०७३, बिहीबार

काठमाडौं । बलिउडका चर्चित हाँस्यकलाकार राजपाल यादव अहिले नेपालमा छन् । उनले नेपाली फिल्मका २ कलाकारसँग पर्दा शेयर गर्दैछन् । उनले फिल्म ‘करोडपति’ को सुटिङमा अभिनेता आर्यन अधिकारीसँग पर्दा शेयर गरिरहेका छन् ।


यस फिल्मको निर्देशक को हुन् भन्ने चाँही खुलाईएको छैन् । अभिनेता आर्यनले आफ्नो फेसबुकमा राजपालसँगको फोटो शेयर गरेका छन् । साथै, उनले क्याप्शनमा राजपाललाई (मामा) भनेर सम्बोधन पनि गरेका छन् ।
‘करोडपति’ फिल्ममा अभिनेता आर्यन राजपालका (भाञ्जा) बनेका छन् । अन्य दुई बलिउडका कलाकारको समेत यो फिल्ममा अभिनय रहने जानकारी गराईएको छ । फिल्ममा अभिनेता आर्यन अधिकारी र नायिका नीता ढुंगानाको जोडी देखिनेछ । २ साताका लागी राजपालले सो फिल्मकोलागि समय दिएका छन् ।

LIVE TV