१० चैत्र २०७३, बिहीबार

प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणलाई औपचारिकतामा मात्र सिमित नगर्न दाहाललाई विज्ञहरुले सुझाव दिएका छन् । चीन भ्रमणमा जानुअघि प्रधानमन्त्री दाहालले पूर्वप्रधानमन्त्री, पूर्वअर्थमन्त्री र विज्ञहरुसँग आज गर्नुभएको छलफलमा विज्ञहरुले सम्वन्धलाई थप प्रगाढ बनाउन सुझाव दिएका हुन् ।
प्रधानमन्त्री निवास वालुवाटारमा भ्रमणका एजेण्डाका विषयमा प्रधानमन्त्री दाहालले विज्ञहरुसँग परामर्श गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । छलफलमा यसअघि भएका सन्धी सम्झौताको कार्यान्वयनप्रति दाहालले चासो देखाउनु पर्ने विज्ञहरुले सुझाव दिएका छन् । उनीहरुले नयाँ सन्धी सम्झौता नभएपनि दुई देशबीचको सम्वन्धलाई थप प्रगाढ बनाउन दाहालको भ्रमण फलदायी हुने विश्वास पनि व्यक्त गरे । यसपालिको भ्रमणमा प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपतिलाई फेरि नेपाल भ्रमणको निम्ता दिने कार्यक्रम पनि छ ।

LIVE TV