९ चैत्र २०७३, बुधबार

काठमाडौं । परराष्ट्रमन्त्री प्रकाशशरण महतले प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणमा कुनै पनि सम्झौता नहुने प्रष्ट पारेका छन् । उनले आन्तरिक तयारी नपुगेको भन्दै प्रधानमन्त्रीको चीन भ्रमणमा कुनै सम्झौता नहुने बताएका हुन् ।

बुधबार अपरान्ह् परराष्ट्र मन्त्रालयमा आयोजित कार्यक्रममा परराष्ट्रमन्त्री महतले प्रधानमन्त्री पुष्पकमल दाहाको भ्रमण बोआओ फोरममा सहभागि जनाउने मात्र हुने प्रष्ट पारे । उनले आन्तरिक तयारिलाई मुख्य बाधक देखाउँदै भ्रमणमा सम्झौता नहुनेमा प्रष्ट हुन सञ्चारकर्मीलाई अग्रह गरे ।
त्यसैगरि कार्यक्रममा मन्त्री महतले प्रधानमन्त्री दाहालको नेतृत्वमा १५ सदस्यीय प्रतिनिधिमण्डल जाने बताए । त्यसैगरि उनले प्रधानमन्त्री दाहालको चीनका प्रधानमन्त्री ली खछियाङ र विदेशमन्त्री वाङ यीसँग भेट नहुने पनि जानकारी दिए ।
यता पूर्ववर्ति सरकारले चीनसँग गरेको सम्झौता कार्यान्वयन गर्न प्रतिवद्ध रहेको समेत बताउनुभयो । आगामी शनिवार बोवाओ फोरमलाई सम्वोधन गर्न जान लागेका प्रधानमन्त्री दाहालले १४ गते सोमबार वेइजिङस्थित ग्रेट हल अफ द पिपलमा चिनियाँ राष्ट्रपति सि जिनपिङसंग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।

LIVE TV