९ चैत्र २०७३, बुधबार

काठमाडौं । निर्वाचनको मिति नजिकिएसंगै सत्तारुढ र मधेसी मोर्चाका नेताहरुबीच कार्यदल स्तरमा चलिरहेको छलफल सकारात्मक बनेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालकै सक्रियतामा सत्तारुढ र मधेसी मोर्चाका नेताहरुबीच कार्यदल स्तरमा छलफल भइरहेको हो ।

मधेसी मोर्चा र संघीय गठवन्धनले संविधानको निश्चित बुँदामा संशोधन गरे सीमांकन हेरफेरलाई थाती राखेर स्थानीय चुनावमा सहभागी हुने सकिने संकेत दिएको छ । त्यसप्रति थप सहमतिका लागि मोर्चालाई मनाउने काम भइरहेको कार्यदलले जनाएको छ ।
कार्यदलमा कांग्रेसका कृष्ण सिटौला, माओवादीका कृष्णबहादुर महरा, राप्रपाका दिपक बोहोरा छन् भने मधेसी मोर्चा र संघीय गठवन्धनबाट राजेन्द्र श्रेष्ठ, लक्ष्मणलाल कर्ण र पेशल ढकाल रहेका छन् ।
कार्यदलस्तरको बैठकपछि सत्तारुढ दलका नेताहरुले छलफल सहमति नजिक पुगेको दाबी गरेका छन् भने मोर्चाका नेताहरुले अहिले आफूहरु छलफमै रहेको बताएका छन् ।

LIVE TV