९ चैत्र २०७३, बुधबार

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेलले प्राधिकरणको नियमावली र कार्यबिधि झण्झटिलो भएको बताए । उनले प्राधिकरणमा जनशक्ति अभाव भएको र तालिम लिएकाहरु पनि काममा नरहेको स्पष्ट पारे ।

व्यवस्थापिका संसदको विकास समितिको बुधवारको बैठकमा प्राधिकरणका प्रमुख ज्ञवालीले यही अवस्थामा राख्ने हो भने पुनर्निर्माण प्राधिकरण भङ्ग गर्न माग गरेका छन् । राष्ट्रिय योजना आयोगका पूर्व उपायक्षसमेत रहनुभएका पोखरेलले प्राधिकरणको हैसियत राष्ट्रिय योजना आयोगको पूर्वाधार महाशाखाको जत्ति पनि नरहेको जिकिर गरेका छन् । उनले प्राधिकरणलाई सहज ढंगले काम गर्ने बतावरण बनाइदिन सरकारसंग आग्रह गरे ।
प्राधिकरण प्रमुख पोखरेलले दाता निकायहरुले दिएको रकम निश्चित जिल्ला र गाउँ तोक्नुका साथै खर्च गर्ने क्षेत्र समेत तोकेर आउने गरेको बताए । उनले पुनर्निर्माण कोष सक्रिय नहुँदा काम गर्न कठिन भएको स्वीकार गरे ।
समितिको बैठकमा ज्ञवालीले प्राधिकरणको कामका विषयमा प्राप्त गुनासोहरुबारे सांसदहरुको प्रश्नको जवाफ दिएका हुन् । पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारले प्राधिकरणका पूर्व सीईओ सुशील ज्ञवालीको काम सन्तोषजनक नभएको भन्दै उहाँलाई हटाएर पोखरेललाई नियुक्त गरेको थियो ।

LIVE TV