९ चैत्र २०७३, बुधबार

अमेरिकामा रहेर आफ्नो व्यबसायमा संलग्न राम लामा अविनाशी द्वारा रचित भावनात्मक शब्द ले भरिएको मेरो बदनाम वोलको गीत श्रब्य दृश्य सहित बजारमा आएको छ ।

कर्णप्रिय आवाजका धनी गायक एंव संगीतकार यम बराल को गायन र संगीत रहेको सो गीतमा राजेन्द्र चापागाँई , सिरू बिष्ट र प्रिती मोक्तानको शस्क्त अभिनय रहेको छ । भाबनात्मक शव्दले भरिएको सो गीतमा शंका ले गर्दा आत्मिए सम्बन्धामा कसरि दरार आउनसक्छ भन्ने कुरा लाई देखाईएको छ ।

विदेशमा रहेका नेपालीहरू आफ्नो मातृभाषा प्रति सजग छन् भन्ने कुरालाई राम लामा अविनाशीले प्रमाणीत गर्न खोजेका छन् ।

परदेश मा व्यवसाय मा व्यस्त रहदा रहदै पनि गितकार राम लामा अविनाशी ले झण्डै एक दर्जन गित तथा दुई दर्जन कविता रचना गर्न भ्याई सकेका छन् ।

पत्रकारितामा समेत सकृय अविनाशीका थुप्रै समसामयिक लेख रचना प्रकाशित छन् । अमेरिकाबाट संचालीत विआरटी नेपाल अनलाईन का प्रवन्ध निर्देशक समेत रहेका राम लामा अविनाशी अमेरिका नेपाल चेम्वर अफ कर्मश का उपाघ्यक्ष समेत हुनुहुन्छ ।

युवा निर्देशक दिपेश दहाल द्वारा निर्देशित सो गित को छायांकन शिव पँगेनी ले गरेका हुन ।भूपेन्द्र अघिकारीले दृश्य सम्पादन गर्नु भएको सो गितमा कलरिड़को काम रेनिश फाभ ले गर्नुभएको हो ।

रेड कलर स्टुडियो पानीपोखरी प्राविधिक सहयोग मा निर्माण गरिएको सो गित को यूटुव प्रर्वदन द स्काइज मूभिज ले गर्दै छ भने नेपाल का प्राय सवै टेलिभिजन मार्फ़त पनि हेर्न सिकने छ ।यूवा पुस्ताका लोकप्रिय गायक यम बराल को गायन रहेको प्रेम र विछोड को कथा बस्तुलाई समेटिएको सो गित ले आमर्दशकहरू को मन छुने अपेक्षा गर्न सकिन्छ ।

LIVE TV