८ चैत्र २०७३, मंगलवार

रौतहट । रौतहटको सदरमुकाम गौरमा मंगलबार देखि साताब्यापी निशुल्क सघन स्वास्थ्य शिबिर शुरु भएको छ । स्वास्थ्य मन्त्रालय र नेपाली सेनाको सहकार्यमा शिविर संञ्चालन गरिएको हो ।

शिविरमा रौतहट , बारा, सर्लाही र छिमेकी भारतदेखिका बिरामीहरुको भीड लागेको छ । हाईड्रोसिल, हर्निया, पत्थरी, एपेन्डिक्स, महिलाहरुको आङ्गखस्ने, स्तनको गाठो, दात, चर्मरोग, लगायतको बिरामी उपचारका लागि शिविरमा पुगेका छन् । नेपाली सेनाको २६ जना डाक्टर सहित १ सय ५० जना स्वास्थ्यकर्मीहरु शिबिरमा परिचालन गरिएको छ भने स्वास्थ्य मन्त्रालयले सिभिल डाक्टर र चिकित्सकहरु समेत परिचालित छन् ।
स्वास्थ्य परीक्षणको लागि आवश्यक पर्ने ल्याव, इसिजी, एक्सरे लगायतका सर्जिकल सामग्री सहित शल्यक्रिया गर्न १२ वटा सुविधा सम्पन्न बस एवं एम्बुलेन्स शिविरमा रहेको महासेनानी उदयराज बज्राचार्यलेले बताए ।
गत माघ ७ गते मन्त्रालय र नेपाली सेनाबीच तराईका विभिन्न स्थानमा सघन स्वास्थ्य शिविर गर्ने सहमति भएको र सोहिअनुसार रौतहटको गौरमा शिविर संञ्चालन गरिएको हो । बारा, पर्सा, रौतहट, सर्लाही, धनुषा, सप्तरी, सिराहा, मकवानपुर र सिन्धुलीका बासिन्दाले उपचार पाउने अपेक्षा लिएको महासेनानी बज्राचार्यको भनाई छ ।
शिविरमा निशुल्क उपचार र औषधि बितरण भएको ईन्द्रबक्स गण रौतहटले जनाएको छ । चैत १४ गतेसम्म सन्चालन हुने शिविरबाट असहाय , पिछडिएका र अति बिपन्न परिवारका विरामीहरु लाभाबन्बित हुने जनाइएको छ ।

 

LIVE TV