८ चैत्र २०७३, मंगलवार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माहान्यायाधीवक्ताको कदम प्रति आपत्ति जनाउँदै सरकारका अङ्गहरुले कानुनको हितमा काम गर्नुपर्ने बतथाएका छन् । उनले राष्ट्रिय एकताको सवालमा एमालेलाई एक्ल्याउनको लागि बिभिन्न तत्वहरु लागिपरेको आरोप पनि लगाए ।

मंगलबार काठमाडौमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष ओलीले माहान्यायाधीवक्ताले आफ्नो मर्यादा बिर्सेको आरोप लगाए । उनले माहान्यायाधीवक्ताले आफ्नो कर्तव्य, अधिकार र अदालतको ख्यालै नगरी आफ्नो निर्णय आफुखुसी लिएकोमा आपत्ति जनाए ।
कार्यक्रममा अध्यक्ष ओलीले आफु र आफ्नो पार्टी एमालेलाई एक्ल्याउन बिभिन्न तत्वहरु लागिपरेको बताए । उनले एमालेको अभियान बिगार्ने, राष्ट्रियताको सवाललाई कमजोर पार्न राजनीतिक दलहरु नै षडयन्त्रमा लागेको आरोप लगाए ।
कार्यक्रममा अध्यक्ष ओलीले सबै दलहरु निर्वाचन गराउने विषयमा पछि हट्न नहुने र राष्ट्रियताको धारणालाई विर्सन नहुनेमा जोड दिए ।

LIVE TV