८ चैत्र २०७३, मंगलवार
  • दानबहादुर बुढा,

मुगु । मुगुमा पछिल्लो समय बन फडानी तथा अतिक्रमण तीब्ररुपमा बढेको छ । हरियो बन नेपालको धन एकताकाको त्यो नारा मुगुमा अहिले कथा जस्तै बनेको छ । बन फडानी हुँदा पनि नियामक निकाय चुप लागेर बस्दा बन पैदावर नै संकटमा परेको छ ।

मुगुमा सरकारी वन तथा सामुदायिक गरी कुल १ लाख ८ हजार छ सय ८९ हेक्टर क्षेत्रफलमा फैलिएर रहेको थियो । तर गाँउ वस्ती नजिक रहेको बन सामुदायिक बनाएर समुदायलाई हस्तान्तरण गरेका ८३ वटा सामुदायिक बन ९ हजार १ सय २६ दशमलव ९५ हेक्टर क्षेत्रफल समुदायको अपनत्व पाएको बनको रुपमा रहेको छ ।
तर तीने समुदायले संरक्षण सम्बद्र्धन, ब्यस्थापन एवं सदुपयोग भएको र ८ हजार ७८ मुगु जिल्लाका घर परिवारले प्रत्यक्ष लाभ लिई रहेको जिल्ला बन कार्यालय मुुगुको तथ्याङ्कमा भए पनि समुदायकै संलग्नताले अहिले सामुयिक बन फडानी भईरहेको स्थानीयको गुनासो छ ।
पछिल्लो समय शिरानिसणा, पुलुचौर छाईलचौर, घट्टलेख लखु, सोरुकोट, नार्थपु, लिउडी, मार्थिचौर, मुसाने चौर, भिई बैन्याचौर भौउरे, खमाले क्षेत्रमा रहेको बन अतिक्रमण तथा बन फडानी भइरहेको स्थानीयको भनाई छ । विशेषगरी बन फडानी तथा अतिक्रमणमा सामुदायिक बनको पदाधिकारी नै संलग्न भएको स्थानीयको भनाई छ । रारा राष्ट्रिय निकुञ्ज र जिल्ला बन कार्यालयको लापरबाहीले बन फडानी भएको उनीहरुको आरोप छ ।
समुदायिक बनमा पदाधिकारी फेरिरहनु र बन फडानीमा उनीहरुकै संलग्नता कै कारण मुगुको अधिकांश बन फडानी तथा अतिक्रमण भईरहेको छ । तर यता जिल्ला बन कायालयका बन अघिकृत पे्रमशंकर चौधरीले भने द्वन्द्वका बेला कार्यलयको सबै कागज जलेर नष्ट भएको तथा कर्मचारी नभएकै कारण बनको अनुगमन गर्न नसकेको र अतिक्रमण गर्नेहरुलाई कारवाही हुन नसकेको स्वीकार गर्नुहुन्छ ।
दिनदिनै बढेको जनसंख्या तथा अशिक्षा र गरीबीकोे कारण बन फडानी भईरहेको छ । बन फडानीसंगै बनको जग्गा अतिक्रमण गरी खेतीपाती गरेका छन् तर  बन फडानीसंगै पर्यावरणमा पर्ने असर थाहा नहुँदा उनीहरुले आफैलाई जोखिम निम्त्याईरहेको छ ।

 

LIVE TV