८ चैत्र २०७३, मंगलवार

काठमाडौं । रोईला दोहोरी गीतका गीतकार सुर्य प्रसाद पाण्डेयको शब्द तथा लयमा ‘फर्किदैन उमेर’ बोलको नयाँ रोईला दोहोरी गीतको भिडियो सार्बजनिक भएको छ । गीतकार  सुर्यको सो गीतलाई भरतपुर संगीत प्रा.लि.ले सामाजिक सञ्जाल युट्युभ मार्फत बजारमा ल्याएको हो ।

‘फर्किदैन उमेर’ बोलको सो गीतलाई गीतकार  सुर्य आफैले स्वरबद्ध गरेका छन् भने उनलाई शान्ती डोटेलले साथ दिएकी छन् । गीतकार  सुर्यको सो गीतमा गोबिन्द पाण्डे, बविता, सविना र सुरजले फिचरीङ गरेका छन् । भिडियोलाई कुमार केसीले निर्देशन गरेका हुन्, भने अजय रेग्मीको छायाङकन र अनुप शिवाकोटीको सम्पादन रहेको छ ।

LIVE TV